ग्रीनल्याण्डले पिबिएल मेला आयोजना गर्दै

एटुजेड समाचार

चितवन – भरतपुर स्थित ग्रीनल्याण्ड पब्लिक स्कूलले यही मंसिर ११ गते सोमबार पहिलो “ग्रीनल्याण्ड पिबिएल मेला २०८०” आयोजना गर्ने भएको छ।

विद्यालय परिसरमै आयोजना हुने उक्त मेलामा शैक्षिक सत्र २०८० को अवधिमा विद्यार्थीहरुले मल्टिपल ईन्टेलिजेन्सेजमा आधारित प्रोजेक्ट प्रस्तुत गर्नेछ।

बेस्डलर्निङ अर्थात एमआईपी बिएल पद्दती अन्तर्गत सिक्ने क्रममा तयार पारेका विभिन्न पीबिएल प्रोजेक्टहरु मध्ये करीब ८४ वटा चुनीएका प्रोजेक्टहरुलाई प्रस्तुतीमा राखी आफ्ना सिकाई अनुभवहरु सविस्तार प्रस्तुत गर्नेछ।

मेलामा कक्षा १ देखि ७ सम्मका विद्यार्थीहरुको पूर्ण सहभागिता र कक्षा ८, ९, १० कोआंशिक सहभागिता रहनेछ। पिबिएलको क्षेत्रमा सम्भवत यो नेपालमै सबैभन्दा “अथेन्टिक अभ्यास” को प्रस्तुती हुने विद्यालय प्रशासनले जनाएको छ।

विद्यालयका प्रिन्सिपल तथा फाउण्डर इन्दिरा कार्कीले शिक्षाविद् डा.होवार्डगार्नरको मल्टिपल ईन्टेलिजेन्सेज सिद्धान्तर शिक्षाविद् जोनडिवी, विलियमकिल्प्याट्रिक, जाँपियाजे, विगोट्स्की, आदिको प्रोग्रेसिभ शिक्षाको सिद्धान्तमा आधारित प्राजेक्ट बेस्डलर्निङ अर्थात पीबिएललाई उद्देश्य परक संस्लेषण गरेर एमआई पिबिएल बिधी निर्माण भएको जनाए

  यसले विद्यार्थीहरुको फरक–फरक इन्टेलजेन्स अनुसारका प्रोजेक्ट क्रियाकलापहरु गरेर सिकाईलाई वास्तविक जीवन सँग जोड्दै अनुभवमा आधारित गहिरो सिकाईको अवसर प्रदान गर्ने बताएका छन्।

कार्यक्रममा विद्यालयले हरेक विद्यार्थीलाई पाठकबाट सर्जकमा रुपान्तरण गर्ने अभिप्रायले संचालन गरेको विशेष कार्यक्रममा प्रस्तुत भएका सिर्जनाहरु मध्येबाट छानिएका रचनाहरु संकलित “ग्रीनल्याण्ड दर्पण-१” नामक पुस्तक पनि बिमोचन गरिने भएको छ।

गहिरो सिकाईका पिबिएल प्रोजेक्टहरुका अलावा विद्यार्थीहरुले आगुन्तुकहरुको ल्बडग्रुपिङ गर्ने, रोबोटिक, जलविद्युत, रेनडिटेक्टर, आदि जस्ता विभिन्न मोडेलहरु प्रस्तुत गर्ने छन्न

भरतपुर नगरपालिकाको स्थानीय पाठ्यक्रम “भरतपुर सेरोफेरो” रमङल बारिए कार्यक्रमबाट सिकेका कुरा जस्तै आगन्तुकलाई बिभिन्न परिकार बनाएर खुवाउने, धुपबत्ति,रबरब्यान्ड, बिरुवा उत्पादन तथा बिक्री वितरण ,मिनि म्यूजियम बनाउने, प्रतिभा प्रस्तुत गर्ने आदि जस्ता विभिन्न रमाइला गतिबिधीहरु पनि हुने छन्। कार्यक्रम बिहान ११ बजे उदघाटनबाट सुरु भएर दिउँसो ३ बजेसम्म चल्नेछ

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू