७२ औँ मिस युनिभर्स बनिन् निकारागुआकी सेनिस

एटुजेड समाचार

काठमाडौंँ – ७२ औँ मिस युनिभर्सको उपाधि दक्षिण अमेरिकी मुलुक निकारागुआकी सेनिस पलासियोसले जितेकी छन् । २३ वर्षिया पलासियोस पेसाले टेलिभिजन होस्ट समेत हुन्  । आमसञ्चारमा स्नातक उत्तीर्ण गरेकी छन् ।

निकारागुआका लागि मिस युनिभर्स टाइटल हात परेको यो पहिलो हो । प्रतियोगितामा थाइल्यान्डकी एन्टोनिया पोर्सिल्ड फस्ट रनर–अप र अष्ट्रेलियाकी मोरया विल्सन सेकेण्ड रनरअप घोषित भए ।

एल–साल्भाडोरमा आयोजित फिनालेमा ९० भन्दा बढी मुलुकका सुन्दरीहरूको प्रतिस्पर्धा रहेको थियो ।

प्रतियोगितामा नेपाली सहभागी दीपिका गारेट अन्तिम २० सम्म पुग्न सफल भएकी छन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू