‘गरिबले पनि बिमा गर्न सक्ने बाटो बनाउनुपर्छ’ : सिलवाल

एटुजेड समाचार

काठमाडौं – नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले गरिबले पनि बिमा गर्न सक्ने बाटो बनाउनुपर्ने बताएका छन् ।शुक्रबार काठमाडौंमा सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बिमा योजना ‘सही प्लान’ सञ्चालनमा ल्याएको अवसरमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले बिमाको बारेमा आम मानिसमा बुझाउनुपर्ने आवश्यकता देखिएको बताए ।

बिमाको बारेमा स्थानीय तहलाई बुझाउनसके मात्र आम सर्वसाधारणले पनि सहजै बुझ्नसक्ने स्थिति रहेको बताए । देशका प्रत्येक परिवार र व्यक्तिलाई कसरी आर्थिक रुपमा सुरक्षित र सहयोग गर्ने भन्नेबारेमा प्राधिकरणले काम गरिरहेको बताए ।

मुलुकभित्र राष्ट्रिय बिमा नीति, प्रदेश बिमा नीति र स्थानीय तहको बिमा नीति हुनुपर्ने बताए । उनले आउने समय बिमाको हिसाबमा अझै सुखमय हुने बताए ।आम सर्वसाधारणलाई किन बिमा गर्ने र बिमा गर्दा के हुन्छ ? भन्ने कुराको आवश्यकता बुझाउन जरुरी रहेको उनले बताए । ७० वर्षको मानिसले प्रिमियम फिर्ता पाउँछ भने ७५ वर्षको मानिसले के गर्ने ? भन्नेबारेमा पनि सोच्न जरुरी रहेको उनको भनाइ छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू