टिकटक प्रतिबन्ध प्रभावकारी बनाउन प्रधानमन्त्री कार्यालयमा छलफल

एटुजेड समाचार

काठमाडौं – सरकारले टिकटकमाथि लगाएको प्रतिबन्धलाई थप प्रभावकारी बनाउनेबारे शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा छलफल भएको छ ।छलफलमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव र अन्य अधिकारी, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष, प्रधानमन्त्रीका आइटी सल्लाहकारसहितको टोली, इन्टरनेट सेवा प्रदायक एवं टेलिकम कम्पनीका प्रतिनिधिलगायत सहभागी थिए ।

सरकारले गत कात्तिक २७ गते टिकटक बन्द गर्ने निर्णय गरेको थियो । टिकटक प्रतिबन्धलाई प्रभावकारी बनाउन कुनै अध्ययन गर्नुपरेमा त्यो पनि गरेर अघि बढ्ने निष्कर्ष उक्त बैठकले निकालेको छ ।छलफलमा सहभागी सञ्चार मन्त्रालयका एक अधिकारीले टिकटकको प्रतिबन्धलाई प्रभावकारी रूपमा लागु गर्नेबारे छलफल भएको बताए ।नेपाल दूरसञ्चार प्राधिकरणसँग इन्टरनेट सेवा प्रदायकहरू जोडिएका कारण प्राविधिक पाटोको बढी जिम्मेवारी उसैसँग रहेको ती अधिकारीले बताए ।टिकटकको प्रतिबन्धलाई लिएर कसैले स्वागत गरेका छन् भने, केहीले विरोध गरिरहेका छन् । यो निर्णयविरुद्ध सर्वोच्च अदालतमा शुक्रबार १० वटा रिट दर्ता भइसकेको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु