काठमाडौं – सरकारले गत सोमबारदेखि टिकटक सञ्चालनमा पूर्ण प्रतिबन्ध गरेको छ । टिकटकबाट सामाजिक सद्भाव बिगार्ने काम गरेको भन्दै तत्कालका लागि बन्द गर्ने निर्णय सरकारले गरेको थियो ।
नेपालमा जसरी टिकटकमाथि पूर्ण प्रतिबन्ध लगाउने देशको संख्या भने निकै न्यून छ । टिकटकमाथि पूर्ण प्रतिबन्ध लगाउने देशमध्येमा नेपाल, भारत, अफगानिस्तान, इरान, किर्गिस्तान र सोमालिया रहेका छन् ।भारतले भने सन् २०१९ मै भूराजनीतिक तनावका कारण पब्जी, टिकटकलगायत ५० भन्दा बढी चिनियाँ एप प्रतिबन्ध गरेको थियो ।काठमाडौं । सरकारले गत सोमबारदेखि टिकटक सञ्चालनमा पूर्ण प्रतिबन्ध गरेको छ । टिकटकबाट सामाजिक सद्भाव बिगार्ने काम गरेको भन्दै तत्कालका लागि बन्द गर्ने निर्णय सरकारले गरेको थियो ।
नेपालमा जसरी टिकटकमाथि पूर्ण प्रतिबन्ध लगाउने देशको संख्या भने निकै न्यून छ । टिकटकमाथि पूर्ण प्रतिबन्ध लगाउने देशमध्येमा नेपाल, भारत, अफगानिस्तान, इरान, किर्गिस्तान र सोमालिया रहेका छन् ।भारतले भने सन् २०१९ मै भूराजनीतिक तनावका कारण पब्जी, टिकटकलगायत ५० भन्दा बढी चिनियाँ एप प्रतिबन्ध गरेको थियो ।अफगानिस्तानमा तालिबान सरकार आएपछि उनीहरूले सन् २०२२ को अप्रिलमा टिकटक प्रतिबन्ध गरेका थिए ।इरान सरकारले टिकटक आफ्नो देशमा प्रचलित कानुनविपरीत भएको भन्दै गत मेमा प्रतिबन्ध गरेको थियो ।
किर्गिजस्तानले बालबालिकाको मानसिक विकास र समग्र विकासमा प्लेटफर्मले असर पारेको भन्दै गत अगस्ट ३० मा टिकटक बन्द गरेको थियो ।सोमालियाले पनि गत अगस्टमै टिकटक, टेलिग्राम, वानएक्सबेट लगायतका एपमाथि प्रतिबन्ध लगाएको थियो ।अमेरिका, बेलायत, क्यानडा, फ्रान्स, नर्वे, बेल्जियमलगायत अन्य युरोपेली देशहरूले भने खासगरी सरकारी उपकरण र सरकारी अधिकारीले प्रयोग गर्ने उपकरणहरूमा मात्रै टिकटकको प्रयोगमाथि प्रतिबन्ध लगाएका छन् ।