जाजरकोट लगायतका ठाउँका भूकम्प पीडितका लागि क्यानाडाबाट राहत पठाउन शुरू गरिएको छ । बाग्लुङ सेवा समाज, क्यानाडाले प्रारम्भिक रूपमा ५० हजार रुपैयाँ सहयोग पठाउने निर्णय गरेको जनाएको छ। सो रकममा क्यानाडाका घरजग्गा व्यवसायी कर्ण बटालाले व्यक्तिगत ५० हजार सहयोग गर्ने पनि जनाएका छन्।
PS. एनआरएन, क्यानाडाले पनि आफ्नो आपतकालिन कोष मार्फत राहत संकलन गरि पीडितका लागि तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको जनाएको छ।