प्रधानमन्त्री दाहाल जाजरकोट र रूकुम पश्चिम जाँदै

एटुजेड समाचार

रूपन्देही । जाजरकोट र रुकुम पश्चिममा गएराती गएको भूकम्पले पुर्‍याएको क्षतिबारे जानकारी लिन अहिले केही बेरमा प्रधानमन्त्री पुष्पकमल दाहाल जान लागेका छन् ।

यहाँ भूकम्पले ठूलो जनधनको क्षति पुराएको छ । खोज, उद्वार तथा उपचार ब्यवस्थाका लागि प्रधानमन्त्रीसहितको स्वास्थ्यकर्मीको टिम पनि अहिले स्थलगत जादै गरेको उनको सचिवालयले जनाएको छ ।

बिहानैदेखि घाइतेहरूको खोज तथा उद्वार र उपचारका लागि मेडिकल टिमसहित सुर्खेतबाट कम्तीमा २ हेलिकप्टर र एक स्काईट्रक सल्ले र चौरजहारी विमानस्थल वेस बनाई परिचालन हुनेछन्।

शुक्रबार राति जाजरकोटको रामीडाँडा आसपास केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पपछि निरन्तर साना र ठूला पराकम्प गइरहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । सो भूकम्पलगत्तै १२ बजेर ८ मिनेट जाँदा ४.५ म्याग्न्च्यिुडको भूकम्प गएको थियो । यसको केन्द्रबिन्दु पैंक र रामिडाँडाको आसपास रहेको थियो । त्यसपछि १२ बजेर २९ मिनट जाँदा ४.२ म्याग्निच्युडको अर्को परकम्प गएको थियो भने १२ बजेर ३५ मिनेट जाँदा ४.३ म्याग्निच्युडको परकम्प गएको थियो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू