ओमानसँग नेपाल ५ रनले पराजित

एटुजेड समाचार

काठमाडौं – काठमाडौंमा जारी टी–२० विश्वकप एसिया छनोट खेलमा ओमानसँग नेपाल ५ रनले पराजित भएको छ ।

बिहीबार किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले दिएको १४५ रन लक्ष्य पछ्याएको नेपाललाई १४० रनमै रोक्यो ।

नेपालले पूरा २० ओभर खेल्दै पूरा विकेटको क्षतिमा १४० रन बनायो ।

यसअघि ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाएको थियो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू