सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

एटुजेड समाचार

काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन तोलामा ७०० रुपैयाँले बढेको जनाएको छ । 

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १५ हजार ७०० रुपैयाँ र तेजाबी सुन एक लाख १५ हजार १५० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । यसअघि बुधबार छापावाल सुन तोलाको एक लाख १५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीमा २० रुपैयाँले बढेर प्रतितोला १४ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ । 

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु