पेन्टर र सरसफाइकर्मीमा सिसाको मात्रा बढी : स्वास्थ्य मन्त्रालय

एटुजेड समाचार

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रङ्रोगन गर्ने पेन्टरको रगतमा लेड (सिसा) अत्यधिक मात्रामा पाइएको जनाइएको छ ।  मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले अध्ययनले सरसफाइ र रङ्रोगन गर्ने पेन्टरको रगतमा लेड (सिसा) बढी भएको देखाएको बताए ।

उनका अनुसार बालबालिका, प्रजनन समूहका वयष्क मानिस, केही आयुर्वेदिक औषधि सेवन गर्ने बिरामीमा पनि रगतमा लेड (सिसा) पाइएको छ । सिसा एक प्रकारको रसायन हो जुन सजिलै नपग्लने र मानिसको शरीरमा नपच्ने खालको हुन्छ ।

मानिसलाई आवश्यकभन्दा बढी सिसा रहेको अध्ययनले देखाएको उनले बताए । रङ्रोगन (पेन्टर्स), सौन्दर्यका साधन (लिपिस्टिक, काजल), रङ्गीचङ्गी खेलौना, चाउचाउ र केही दर्ता नगरिएका आयुर्वेदिक औषधिका लेड (सिसा) पाइने गरेको उनले जानकारी दिए । लेडको विषाक्तताबाट जोगिन मन्त्रालयले सबैलाई अनुरोध गरेको छ ।

सरकारले लेड (सिसा) को विषबाट बच्नका लागि जनचेतना जगाउन सचेतना सप्ताह मनाएको छ । सिसा बिजुलीको तेल, श्रृङ्गारका सामग्र्री घर रङ्गाउने पेन्टमा प्रयोग गरिन्छ । यस्तै आयुर्वेदिक औषधि भन्दै झोल औषधिमा पनि बढी सिसा पाइने गरेको मन्त्रालयका प्रवक्ता डा बुढाथोकीले जानकारी दिए ।

 

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू