मलेसिया ओमानसँग ३२ रनले पराजित

एटुजेड समाचार

काठमाडौं –  टी-२० विश्वकपको छनोटअन्तर्गत मलेसिया पहिलो खेलमा पराजित भएको छ ।

सोमबार भएको खेलमा ओमानले मलेसियालाई ३२ रनले पराजित गर्‍यो । १५४ रनको लक्ष्य पाएको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२१ रनमात्र जोड्न सक्यो ।

मलेसियाका विरनदिप सिंह एक्लैले अविजित ५७ रन जोडे । अन्यले भने बढीमा १५ रन पनि बनाउन सकेनन् ।

ओमानका बिलाल खान र जिसन मकसुदले २-२ विकेट हात पारे ।

मलेसिया दोस्रो खेलमा मंगलबार नेपालसँग खेल्दैछ । नेपालले पहिलो खेलमा सोमबार सिंगापुरलाई ८ विकेटले हराएको थियो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू