शेयर बजारमा उच्च अंकको बृद्धि
काठमाडौँ – शेयर बजार आज उच्च अंकले बढेको छ । धितोपत्र बोर्डको कमिसन घटाउने निर्णयले आज शेयर बजार परिसूचक नेप्से ४३ दशमलव २७ अंकले बढेर एक हजार नौ सय सात दशमलव ८९ बिन्दुमा पुगेको हो । बजार उच्च अंकले बढेको भए पनि आज कारोबार रकम भने घटेर एक अर्ब रुपैयाँभन्दा तल खुम्चिएको छ । मंगलवार एक अर्ब ८४ लाख रुपैयाँ कारोबार भएकोमा आज ९३ करोड ४८ लाख रुपैयाँको कारोबार भयो । आज दुई सय ८६ वटा कम्पनीका ३७ लाख ७२ हजार कित्ता शेयर किनबेच भएका छन् ।
सबैभन्दा धेरै सानिमा जीआईसी इन्सुरेन्सको चार करोड ४६ लाख रुपैयाँभन्दा धेरैको शेयर किनबेच भएको छ । आज सबै समूहको शेयर बढेर बजार हरियाली भएकोमा निर्जीवन बीमा समूहको शेयर साढे दुई सय अंकभन्दा धेरैले बढेको छ । आशा लघुवित्त र इन्फिनिटी लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ । अरू तीन वटा कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढेको दिन आज वीपीडब्ल्यू लघुवित्तको शेयर चार प्रतिशतभन्दा धेरैले बढेको छ । आज नेप्सेमा कारोबार भएका २ सय ३६ कम्पनीमध्ये २ सय २३ कम्पनीको सेयर मूल्य बढेको छ भने १० कम्पनीको सेयर मूल्य घटेको छ ।
तपाइँको प्रतिक्रिया