आजदेखि नेपालबाट पूर्णरूपमा बाहिरियो मनसुन

एटुजेड समाचार

काठमाडौं –  यस वर्षको मनसुन आजदेखि नेपालबाट बाहिरिएको छ । नेपालमा मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ रहेकोमा यस वर्ष १३ दिन ढिलो बाहिरिएको जल तथा मौसम पूर्वानुमान महाशाखा विशेष बुलेटिन जारी गरेर जानकारी दिएको हो ।

गत जेठ ३१ मा भित्रिएको यस वर्षको मनसुन १२४ दिन जति नेपालमा रहेको महाशाखाले जनाएको छ । यसअघि  सुदुरपश्चिम र कर्णाली प्रदेशबाट भने गत साता नै मनसुन बाहिरिएकाे थियाे ।

महाशाखाका अनुसार आजबाट नेपालबाट मनसुन बाहिरिएपनि भाेलिदेखि भने मनसुनी वायु सक्रिय  हुनेछ ।

पश्चिमी न्यून चापीय प्रणालीको कारणले भोलि सोमबारदेखि नेपालको सुदूर पश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन र चटयाङसहित हल्का वर्षा तथा उच्च पहाडी भेगमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू