काठमाडौं – दसैंको टीकाको दिनबाहेक अध्यागमन विभागका पर्यटक भिसा शाखा र एजेन्सी शाखा खुला रहने भएका छन्। विभागले एक सूचना जारी गर्दै यसबारे जानकारी गराएको हो।
विभागका निर्देशक खिमराम भुसालका अनुसार टीकाको दिन कार्त्तिक ७ गते बाहेक अन्य दिनमा यी शाखा बन्द रहनेछन्। अन्यदिनमा बिहान ११ बजेदेखि १ बजेसम्म सेवा सेवा प्रवाह हुनेछ।
यसैगरी दीपावलीमा पनि भाइटीकाको दिनबाहेक अन्य सार्वजनिक बिदाका दिनमा यी शाखा खुला रहने विभागले जनाएको छ।
कार्त्तिक २९ गते भाइटीकाका दिन यी शाखा भने पूर्ण बन्द हुनेछन्। अन्य सार्वजनिक बिदाका दिनमा बिहान ११ बजेदेखि १ बजेसम्म शाखा खुला रहने विभागले जनाएको छ।