शंख बजेको हामी धेरैले सुनेका छौँ । हिन्दु संस्कारमा शंख हरेक धार्मिक कार्यदेखि अन्तिम संस्कारसम्म प्रयोग गरिन्छ । तर, कर्मअनुसार यसको आवाज भने फरक फरक हुने गर्दछ ।हिन्दु धर्ममा शंखलाई धेरै शुभ मानिन्छ । भगवान विष्णु र देवी लक्ष्मी दुवैले हातमा शंख समातेको तस्वीर देख्न सकिन्छ ।शंख राखिएको घरमा सुख–समृद्धि आउँछ भन्ने धार्मिक विश्वास छ ।
वास्तुशास्त्रले पनि शंखमा भएका गुणबारे उल्लेख गरेको पाइन्छ । शंखमा यस्ता गुण हुन्छ जसले गर्दा वास्तुसँग सम्बन्धित धेरै समस्याहरू हटेर घरमा सकारात्मक ऊर्जा आउँछ ।शंखको आवाज जहाँसम्म पुग्छ त्यहाँसम्मको वायु पवित्र र ऊर्जावान् हुन्छ भन्ने मान्यता छ ।त्यसैले पनि हिन्दु धर्मावलम्बीहरूले नित्य पूजापाठ गरी शंख बनाउने गर्दछन् ।शास्त्र अनुसार समुन्द्र मथनका बेला चौध रत्न प्राप्त भएको थियो ।
जसमध्ये एक शंख थियो । शंखलाई माता लक्ष्मी र भगवान विष्णुले धारण गरेका छन् । शंख बजाउँदा वायुमा रहेको बिकार हट्ने तथा धर्तीलाई जागृत गराउने धार्मिक मान्यता रहेको छ ।वास्तुशास्त्रका अनुसार नियमित शंखको आवाजले आनन्द मिल्नुका साथै मानसिक तनाव पनि दूर हुने गर्दछ