काठमाडौँ – सरकारले २०७२ सालमै खाडीका ६ वटा मुलुक र मलेसिया जाने कामदारका हकमा फ्री भिसा र फ्री टिकटको व्यवस्था लागु गरेको थियो । तर म्यानपावरवालाले बिदेसिन चाहनेबाट पैसा असुल्दै आएको पाईयको छ । म्यानपावर व्यवसायीलाई हाताहाती पैसा बुझाउनुपर्ने बाध्यताको सिकार बनेका छन् ।
विदेश पठाउने आश्वासनमा म्यानपावरले सुरुमै युवाहरूसँग ४०/५० हजार रकम लिएका रहेछन्। म्यानपावरवालाले बिदेसिनेसँग बैंकमार्फत नभई अनेक विश्वास दिलाउँदै हाताहाती पैसा उठाउने गरेका छन् ।
‘टिकट र भिसा आइसक्यो, पैसा दिन किन किचकिच गरेको ?। पैसा लिने-दिने हातैमा हो । विदेश जान मन छैन भने भन, जाने भए छिटो पैसा देऊ,’ सोही म्यानपावरका अर्का कर्मचारी युवाहरूलाई हप्काउँदै भनिरहेका थिए । सरकारबाट स्वीकृति लिएर सञ्चालित म्यानपावर कम्पनीहरूको बैंक खाता हुँदैन भन्नु आश्चर्यको विषय हो ।
विदेश जान भनी ५० हजार पहिल्यै बुझाएँ । भोलि विदेश जानु छ तर आजसम्म टिकट र भिसा हात परेको छैन । म्यानपावरले टिकट र देखाउँदै पैसा मागेको छ। ‘मुखमा हालेको पहिलो गाँस नै निल्नु कि ओकल्नु भयो ।’ एक युवाकले बताए ।
आजको नागरिक दैनिकमा समाचार छ । पत्रपत्रिकाबाट