गठबन्धन नेताहरुको प्राइभेट क्लबजस्तो भयो : महामन्त्री थापा

एटुजेड समाचार

गोरखा- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गठबन्धन सिमित केही नेताको प्राइभेट क्लबजस्तो भएको आरोप लगाएका छन् ।

नेपाली कांग्रेस गोरखाको दोस्रो जिल्ला सम्मेलन उद्घाटनलाई सम्बोधन गर्दै थापाले गठबन्धन ४/५ जना नेताहरूको क्लबजस्तो भएको टिप्पणी गरे ।

‘गठबन्धन पनि विस्तारै ४/५ जना नेताहरूको प्राइभेट क्लबजस्तो बन्दै गएको छ । म कांग्रेसको महामन्त्री छु । बेलाबेला गठबन्धन दलको बैठक बस्यो भनेर सुन्छु । त्यो दलको बैठक होइन, गठबन्धन दलका नेताहरूको बैठक हो,’ उनले भने ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू