माडीमा करेन्ट लागेर युवकको मृत्यु

एटुजेड समाचार

चितवन – माडीमा करेन्ट लागेर २८ वर्षीय युवकको मृत्यु भएको छ । माडी नगरपालिका वडा नम्बर ९ कृष्णनगरमा (बिहीबार) बेलुकी ६ः३० बजेको समयमा करेन्ट लागेर सोही ठाउँ बस्ने २८ वर्षीय विकल्प सुवेदीको मृत्यु भएको छ ।

सुवेदी आफ्नै घरनजिकैको बारीमा घाँस काट्ने क्रममा जनावरलाई छेक्नको लागि लगाएको सोलारबाट जडान गरिएको एल्मोनियम तारबाट करेन्ट लागेर अचेत भएका थिए ।

अचेत अवस्थामा उनको बुबाले देखेपछि तत्काल उपचारको लागि बघौडा अस्पतालमा लगिएकोमा बेलुकी ६ः५५ बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू