गोरखा चितवन पत्रकार समाजको अध्यक्षमा नबिन बाबु मरहट्टा

एटुजेड समाचार

चितवन – गोरखा चितवन पत्रकार समाजको अध्यक्षमा नबिन बाबु मरहट्टा निर्वाचित भएका छन् । पुर्खौली घर गोरखा भई हाल चितवनलाई कार्यक्षेत्र बनाई सञ्चारकर्म गर्ने पत्रकारहरूले मरहट्टाको अध्यक्षतामा गोरखा चितवन पत्रकार समाज गठन गरेका हुन् ।

आज (शुक्रबार) भरतपुरमा भएको प्रथम अधिबेशनबाट १ सदस्य पछी थप्ने गरी हाल १० सदस्यीय समिति गठन गरेको छ ।

समाजको उपाध्यक्षमा शान्ता अधिकारी, सचिवमा सनद अधिकारी, कोषाध्यक्षमा लक्ष्मी ढकाल र सहसचिवमा रविलाल भट्टलाई चयन गरेको छ ।

त्यसैगरि सदस्यहरुमा सुनिल पराजुली, सरोज उपरकोटी, रवि रेग्मी, विशाल अम्गाई र निरुता वि.क रहेका छन् ।

पत्रकार कृष्णप्रसाद खनालको संयोजकत्व बनेको ३ सदस्यीय निर्वाचन मण्डलले सर्वसम्मत कार्यसमिति चयन गरेको हो । प्रथम अधिवेशन नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण प्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू