‘रामायण’ मा हनुमान बन्दै सनी देओल!

बलिउड अभिनेता सनी देओलको हालै फिल्म ‘गदर २’ प्रदर्शन भएको थियो। फिल्ममा सनी देओल तारा सिंह बनेका थिए। अब उनी भगवान हनुमानको भूमिकामा देखिने चर्चा चलेको छ। भारतीय सञ्चारमाध्यम पिंकभिलाका अनुसार निर्देशक नितेश तिवारीले उनलाई फिल्म ‘रामायण’ मा हनुमान बन्न प्रस्ताव राखेका छन्।
फिल्मलाई लिएर सनी पनि उत्साहित रहेको बताइएको छ। तर औपचारिक रूपमा फिल्म साइन गरेका छैनन्।
निर्देशक नितेश, मधु मन्टेना, नमित मल्होत्रा र अल्लू अरविन्दको लगानी रहने फिल्ममा अभिनेता रणवीर कपूर रामको भूमिकामा देखिनेछन् भने साई पल्लवी सीताको। केजिएफ अभिनेता यश रावणको भूमिकामा देखिने चर्चा छ।
तपाइँको प्रतिक्रिया