भरतपुर – भरतपुर महानगरपालिका वडा नम्बर ११ मा वडास्तरीय दशैँ तिहार कप फुटबल प्रतियोगिता–२०८० सुरु भएको छ। वडा कार्यालयको आयोजनामा गज खेलमैदानमा भएको प्रतियोगिताको बिहीबार भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले उद्घाटन गरेका छन्।
खेलको उद्घाटनपछि उपप्रमुख अधिकारीले महानगरपालिकाको ‘एक वडा, एक खेल मैदान’को अवधारणालाई सार्थक तुल्याउन यस्तै खालका खेलकुद भइरहनु पर्ने बताए। विकासको चरणसँगै खेलकुदको क्षेत्रलाई पनि कायापलट गर्नुपर्ने महानगरको जिम्मेवारी भएको हुँदा त्यसतर्फ पनि महानगर सचेत रहेको उनले बताए।
वडा नं.११ का अध्यक्ष कमलबहादुर मल्लको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा वडाका जनप्रतिनिधि, सामुदायिक वनका प्रतिनिधिलगायतको उपस्थिति थियो। असोज २८ गतेसम्म चल्ने प्रतियोगितामा आठ समूहले प्रतिष्पर्धा गर्दैछन्।