कोरियन कम्पनीहरूलाई नेपालमा लगानी गर्न अर्थमन्त्री महतको आग्रह

एटुजेड समाचार

काठमाडौँ – अर्थमन्त्री डा. प्रकाशशरण महतले कोरियन कम्पनीहरूलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् । कोरियाका उपप्रधानमन्त्री तथा अर्थमन्त्री चु क्यूङसँगको दुई पक्षीय भेटमा अर्थमन्त्री महतले नेपालमा लगानी गरेका सबै विदेशी कम्पनीले राम्रो नाफा कमाइरहेको भन्दै कोरियन कम्पनीलाई पनि नेपालमा लगानी गर्न आग्रह गरेका हुन् ।

उनले कोरियन लगानीकर्तालाई नेपालमा स्वागत गर्न इच्छुक रहेको समेत जानकारी गराएका छन । मन्त्री महतसँगको भेटमा कोरियन उपप्रधानमन्त्रीले नेपालको पूर्वाधार विकासमा सहयोग गर्न आफूहरू तयार रहेको बताए । उनले केही कोरियन लगानीमा दोहोरो कर सम्बन्धी समस्या रहेको भन्दै त्यसलाई समाधान गर्न मन्त्री महतलाई आग्रह समेत गरे ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू