काठमाडौँ – नेपालबाट शून्य लागतमा प्रशिक्षार्थी श्रमिक लैजाने गरी नेपाल र जर्मनीबीच श्रम समझदारी भएको छ । जर्मनीका नागरिकसरह सेवा सुुविधा पाउने गरी नेपालबाट प्रशिक्षार्थी श्रमिक लैजाने विषयमा नेपाल र जर्मनी सरकारबीच द्विपक्षीय श्रम समझदारीमा हस्ताक्षर भएको हो । सम्झौतमा श्रम, रोजगार तथा सामाजिक सुुरक्षामन्त्री शरतसिंह भण्डारी र जर्मनी सरकारको तर्फबाट त्यहाँको मानव संसाधन मन्त्रालयका उच्च प्रतिनिधिले हस्ताक्षर गरेका छन ।
जर्मनीमा अनलाइन प्रणालीबाट आवेदन माग गरेर एकवर्षे प्रशिक्षार्थीका रूपमा जर्मनी जान सक्ने छन् । जर्मनीमा जाने प्रशिक्षार्थी श्रमिकले आफ्नो रुचि र क्षमता अनुसार सिप सिकेर पास भएपछि मात्रै सम्बन्धित क्षेत्रमा काम गर्न सक्ने समझदारीपत्रमा उल्लेख छ । समझदारी अनुसार जर्मनी जानका लागि विशेष क्षेत्र नतोकिएको र आवश्यकताका आधारमा आवेदन माग गरेर सबै क्षेत्रमा पठाउनलाई खुुला गरिएको छ । अहिले जर्मनीमा झण्डै आठ हजार नेपाली बसोबास गर्दै आएका छन् ।
तीमध्ये धेरैजसो उच्च शिक्षा अध्ययनका लागि पुगेर पछि त्यहीँ काम गर्न थालेका छन् । पछिल्लो समय युरोपेली देशमा नेपालीको आकर्षण बढ्दै गएको छ । यसअघि शुक्रवार युरोपेली देश रोमानियासँग श्रममन्त्री भण्डारी नेतृत्वको उच्चस्तरीय टोलीले द्विपक्षीय श्रम समझदारीपत्रमा हस्ताक्षर गरेको थियो ।