यसबर्ष ८८ दशमलव पाँच प्रतिशत मनसुनी वर्षा

एटुजेड समाचार

काठमाडौँ – नेपालमा यसवर्ष मनसुन अवधिमा ८८ दशमलव ५ प्रतिशत वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको अवधि जुनदेखि सेप्टेम्बर महिना अर्थात् चार महिनाको अवधिमा सरदरभन्दा कम वर्षा भएको छ। नेपालमा मनसुन अवधिमा सरदर एक हजार ४७२ मिलिमिटर वर्षा हुने गरेकामा यसवर्ष मनसुन अवधिमा एक हजार ३०३ मिलिमिटर वर्षा भएको छ।

विभागका मौसमविद् सुदर्शन हुमागाईँले आँकलन गरेअनुसार यस वर्षको मनसुन सरदरभन्दा कम वर्षा भएको बताए। उनका अनुसार सरदरभन्दा कम वर्षा हुने आँकलन गरिए पनि जोमसोममा २१० दशमलव ७ मिलिमिटर वर्षा भएको छ, जुन सरदरको एक सय ३३ दशमलव ५ प्रतिशत हो।

काठमाडौँमा एक हजार २८३ मिलिमिटर वर्षा भएको छ। जुन सरदरको १०९ प्रतिशत हो। काठमाडौँमा मनसुन अवधिमा सरदर एक हजार १७६ दशमलव ४ मिलिमिटर वर्षा हुन्छ। त्यसैगरी ओखलढुङ्गामा एक हजार ४९२ दशमलव १ मिलिमिटर वर्षा भएको छ, जुन सरदरको १०७ प्रतिशत हो।

यसपालि जनकपुरमा सरदरको आधा हाराहारी वर्षा भएको छ। यस वर्ष ६३७ दशमलव १ लिलिमिटर वर्षा मापन गरिएको छ। जनकपुरको सरदर वर्षा एक हजार १९५ दशमलव ८ मिलिमिटर हो।

मनसुन पूर्णरुपमा बाहिरिन अझै केही दिन लाग्ने नेपालको सुदूरपश्चिम तथा कर्णाली प्रदेशको पश्चिमी भू–भाग भएर यही असोज १९ गते यस वर्षको मनसुन बाहिरिए पनि देशका अन्य भू–भागमा मौसम कायमै छ। बाँकी भू–भागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

नेपालको पूर्वी तथा मध्य भू–भागमा मनसुनी वायुका साथै पश्चिमी

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू