देशमा राष्ट्रिय हितभन्दा बढी सत्ता स्वार्थको प्रवृत्ति हाबी भयो : ओली

एटुजेड समाचार

काठमाडाैं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा राष्ट्रिय हितभन्दा बढी सत्ता स्वार्थको प्रवृत्ति हाबी भएको बताएका छन् ।

शनिवार काठमाडौंमा आयोजित विद्युत् विधेयक २०८० अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले कानूनको अपव्याख्या गरेर व्यक्तिले अनुचित लाभ लिने र राष्ट्रलाई नोक्सान हुने काम गर्न नहुने बताएका हुन् ।

उनले कानुनको अपव्याख्या गरेर व्यक्तिले अनुचित लाभ लिने र राष्ट्रलाई नोक्सान हुने काम गर्न नदिन सजग रहनु पर्ने बताए । अध्यक्ष ओलीले विद्युत् विधेयक एमाले केन्द्रित नभएर देश केन्द्रित भएको दाबी गरे ।

अध्यक्ष ओलीले विधेयकबारे संसदमा आफूहरू प्रतिपक्षको भूमिकामा भन्दा पनि राष्ट्रको पक्षमा रहेर राम्रो छलफल गर्ने बताए ।

विधेयकले विद्युत् विकासको आकांक्षा उत्पादन र त्यसको बिक्रीका सबै प्रक्रियामा नेपाललाई नोक्सान नहुने उनको भनाइ छ ।

 

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू