भरतपुर – चितवन उद्योग संघको आयोजना तथा नेपाली जुत्ता घरको सहकार्यमा भरतपुर स्थित चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा आयोजित जुत्ता चप्पल दशै महोत्सव २०८० मा चितवन लगायत आसपासका जिल्ला नवलपुर, धादिङ, गोर्खा, तनहु, लमजुङ, मकवानपुर बाट आउने ग्राहकहरुको पनि बाक्लो उपस्थिती रहेको छ ।
जुत्ता मेलामा आएका मकवानपुरका प्रताप कार्की भन्छन पहिलोपटक मेला लाग्दा आफुलाइ मात्र किनेको थिए अहिले त झन चाडबाडको मुखमा मेला लागेको छ त्यसैले परिवारै मिलेर घुम्न आएको सबैका लागि किन्यौ ।
उनी एक उदाहरण हुन मेलामा राखिएका जुत्ता चप्पलले सबै क्षेत्र तथा बर्गका उपभोक्ताको ध्यान तानेको छ। नेपालमै उत्पादित गुणस्तरिय स्वदेशी जुत्ता चप्पल तथा छालाजन्य सामाग्री खरिद गर्न दिनभर प्रदर्शनी केन्द्रमा विभिन्न क्षेत्रबाट आउने उपभोक्ताहरुको भिड लाग्ने गरेको छ ।
मेलामा विभिन्न जिल्लाबाट चितवनमा रोजगारिमाª आएका वा पढ्न बसेका बिद्यार्थीहरुको पनि उपस्थिति रहेको पाइन्छ । सबै उमेर समूह एवं सबै बर्ग तथा न्यून आय हुनेहरुका लागि पनि मेला फलदायी रहेको छ ।
मेलामा आइ जुत्ता चप्पल खरिद गर्दा ५०% सम्म छुटको ब्यवस्था रहेको छ, स्वच्छ सफा वातावरणमा इन्डोर स्टलहरु, प्रशस्त पार्किङ आदि मेलाका आकर्षणहरु हुन । असोज १० गते बुधबारबाट शुरु भएको जुत्ता चप्पल महोत्सव आगामी असोज ३० गते सम्म २० दिनका लागि चल्नेछ ।
महोत्सवमा पि जि शुज, बि एफ डियरहिल शुज, स्मार्ट शुज, फुट स्टेप, क्रसरोड, फर्स्ट वाक, शुजल्याण्ड, रनशुज, डिजे कलेक्सन, केटिएम शुज, शिल, हाईलाईफ़, बेली लगायतको नेपालका प्रख्यात १३ ब्राण्डका जुत्ता, चप्पल तथा छाला बाट उत्पादित सामाग्रीहरु उपलब्ध रहेका छन् ।