बसन्त पराजुलीको तेस्रो कृति `ड्रिमी आइज´ प्रकाशन

एटुजेड समाचार

चितवन – चितवनका पत्रकार एवम् कथाकार वसन्त पराजुलीको अंग्रेजी कृति `ड्रिमी आइज´ प्रकाशनमा आएको छ । पराजुलीको यो तेस्रो पुस्तक हो । यसअघि उनका कुमाता र मोम्चो कथासङ्ग्रह प्रकाशित भैसकेका छन् ।

कुमाता र मोम्चो कथासङ्ग्रहका केही कथाहरूको अङ्ग्रेजी अनुवाद ड्रिमी आइजमा राखिएको पराजुलीले बताए । कथालाई भरत भट्टराई र मिलि जोशीले अनुवाद गरेका हुन् ।

१७ वटा कथा समावेश `ड्रिमी आइज´को मूल्य ३९०/- रुपैयाँ छ । पराजुलीका तीन वटै पुस्तकलाई भुँडीपुराण प्रकाशनले सार्वजनिक गरेको छ। गाेरखापत्रका भरतपुर समाचारदातासमेत रहेका पराजुलीले सामाजिक विषयवस्तुमा कथा लेख्दै आइरहेका छन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू