प्रतिकूल मौसमका कारण भरतपुरका हवाई उडान प्रभावित

चितवन, असोज १७– प्रतिकूल मौसमका कारण आज (बुधबार)चितवनमा हवाई उडान प्रभावित बनेको छ । भरतपुर विमानस्थलका अनुसार प्रतिकूल मौसमका कारण आज बिहानैबाट उडान प्रभावित बनेको हो ।
बुद्ध एयर भरतपुरका स्टेसन म्यानेजर भक्त बस्नेतले दिएको जानकारी अनुसार आज भरतपुरबाट एउटा मात्रै उडान भएको छ । प्रतिकूल मौसमकाका कारण बिहान ८ बजे भरतपुरबाट बुद्ध एयरले काठमाडौँको एउटा उडान भरेपनि हाल सबै उडान प्रभावित भएको बस्नेतले जानकारी दिए ।
उनी भन्छन्, ‘बुद्ध एयरले काठमाडौँको ९ र पोखराको एक गरी दैनिक १० वटा उडान गर्दै आएको भएपनि आज सबै उडान प्रभावित छन् । तर, अबको केही समयमा मौसम खुल्य भने बेलुकासम्म ४ वटा उडान भर्ने अनुमान गरेका छौँ ।’
तपाइँको प्रतिक्रिया