वर्षा लम्बिन सक्ने भन्दै किसानलाई तत्काल धान नकाट्न धनगढी उपमहानगरले गरायो सचेत

एटुजेड समाचार

काठमाडौं – वर्षा लम्बिन सक्ने भन्दै कैलालीको धनगढी उपमहानगरपालिकाले किसानलाई तत्काल धान नकाट्न सचेत गराएको छ ।

जल तथा मौसम विज्ञान विभागले मंगलबारदेखि पर्सी बुधबारसम्म पानी पर्ने सम्भावना रहेको बताएपछि उपमहानगरका नगर प्रहरीहरु किसानहरुलाई सचेत गराउन खेत खेतमा पुगेको उपमहानगरका सूचना अधिकारी नरेन्द्रबहादुर खातीले जानकारी दिए ।

उपमहानगरका अनुसार केही दिन धान नकाट्न र काटेको भए तत्काल उठाउन नगर प्रहरीहरु माइकिङ गर्दै हिँडेका हुन् । उपमहानगरको सबै वडाका किसानहरुलाई सूचना पुग्नेगरी माइकिङ गरिरहेको खातीले बताए ।

धनगढीमा अघिल्लो वर्ष पनि धान काट्ने समयमा वर्षाका कारणले किसानको धानबालीमा क्षति भएको थियो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू