चितवन – बझाङको तालकोट आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार आज (मंगलबार) दिउँसो २ बजेर ४० मिनेटरमा बझाङ केन्द्रविन्दु भएर ५.३ रेक्टरस्केलको भूकम्प गएको हो ।
यस्तै ३ बजेर ५ मिनेटमा पुनः अर्को धक्का महसुस भएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।
भूकम्पको चितवन लगाएत देशका विभिन्न जिल्लाहरुमा धक्का महसुस भएको छ।
थप विवरण आउन बाँकी