काठमाडौं – भारतीय गायक रितो रिबाले काठमाडौंमा कन्सर्ट गर्ने भएका छन् । टौवा इभेन्ट र वेलहान इन्टरटेनमेन्टको आयोजनामा यही असोज २७ गते काठमाडौंको ठमेलस्थित क्लब फरेनहाइटमा उनले प्रस्तुति दिने भएका हुन् ।
लाइभ कन्सर्टमा सहभागी हुनेका लागि साँझ ७ बजेदेखि प्रवेश खुल्ला गरिने र गायक रिबा राति १० बजे स्टेज चढ्ने कार्यक्रम संयोजक विजयप्रसाद बस्यालले जानकारी दिए । कन्सर्टमा प्रवेश शुल्क १५ सय रुपैयाँ तोकिएको छ । अनलाइनमार्फत टिकट बुकिङ गर्न सकिने बस्यालले बताए ।
रितो रिबा इण्डियन आइडल सिजन-१३ का प्रतिस्पर्धीसमेत हुन् । उनका ‘तू मेरी हीर’, ‘इक तुही’, ‘मेरी बना गी क्या’ लगायत गीत चर्चित छन् ।