फर्निटेक नेपाल पाचौं बर्ष प्रवेश, बडा दशैको अवसरमा ल्यायो ५०% सम्म छुट अफर

भरतपुर – चितवन नारायणगढको लायन्सचोक स्थित फर्निटेक नेपाल प्रा.लिले आफ्नो ब्यवसाय सन्चालनको चौथो बर्ष पूरा गरेको छ । पाचौं बर्ष प्रवेश एवम् नजिकिदै गरेको बडा दशै २०८० को अवसरमा आफ्ना ग्राहकहरुलाई बिशेष अफर स्वरुप २० देखि ५० प्रतिशत सम्म छुट अफर ल्याएको छ ।
फर्निटेक नेपाल स्थापना कालदेखि नै केही भिन्न खालका सेवा सुविधाहरुका साथमा बजारमा आएको हो । पुराना फर्निचर संग नयाँ साट्न पाईने ‘एक्सचेन्ज अफर’ र ‘फ्रि होम डेलिभरी सेवा’ आँफुहरुले नै सुरुवात गरेको र ग्राहक वर्गले यसलाई निकै रुचाएको संचालक कृष्ण प्रसाद बरालले जानकारी दिनुभयो ।
बजारमा गुणस्तरिय फर्निचर महंगो हुने गरेकोमा आम ग्राहक बर्गको क्रय क्षमतालाई मध्यनजर गर्दै सुलभ मुल्यमा गुणस्तरिय फर्निचर सेवा उपलब्ध गराउँदै आएको संस्था हो फर्निटेक नेपाल प्रा.लि । चितवन नारायणगढको लायन्सचोकमा अवस्थित यस फर्निटेक नेपालमा घर तथा कार्यालय सम्बन्धि आवश्यक सम्पुर्ण प्रकारका फर्निचरजन्य उत्पादनहरु उपलब्ध रहेका छन् ।
कोरोना महामारीका बेला भएको बन्दाबन्दीभन्दा करिब ६ महिना अघि अर्थात वि. सं. २०७६ साल असोज १२ गते घटस्थापनाको दिनदेखि यो ब्यबसायको सुरुवात गरिएको थियो । मुलुकमा विभिन्न लगानीका क्षेत्रमा अग्रसरता देखाईरहेको युवाहरुको समुह उम्दा ग्रुप अफ कम्पनीले यो ब्यबसायलाई चितवनबाट सुरुवात गरेको हो । सुरुवात यहाँबाट भएपनि यसलाई शाखा बिस्तार गर्दै देशब्यापी रुपमा सेवा प्रवाह गर्ने संचालकहरुको योजना छ ।
नेपाली बजारमा मुलतः विदेशी फर्निचरको बजार हिस्सा बढी रहेको अवस्थामा स्वदेशी उत्पादनलाई बढावा दिँदै आयात प्रतिस्थापनको उद्येश्यले फर्निटेकको जन्म भएको प्रबन्ध निर्देशक हरिश्चन्द्र अधिकारीले बताउँनुभयो । “अन्तर्राष्ट्रिय गुणस्तर स्वदेशी फर्निचरको मुल नारा लिएर हामी आएका हौं” प्रबन्ध निर्देशक अधिकारीले भन्नुभयो – “हाम्रो लक्षित वर्ग भनेकै मध्यम बर्गीय परिवार मझौला प्रकृतिका संघ संस्थाहरु हुन् ।” सुहाउँदो मुल्यमा उपलब्ध सामानहरुको गुणस्तरमा भने कुनै सम्झौता गर्नु नपर्ने उहाँले उल्लेख गर्नुभयो ।
पाचौं वर्षमा ब्यवसाय गरिरहँदा आज सम्म एउटा पनि कम्प्लेन नआउँनु र ग्रहक बर्गबाट सकारात्मक पृष्ठपोषण प्राप्त हुनुलाई संचालक बरालले सफलताको कडीका रुपमा लिनुहुन्छ । भरतपुर ४ को रामघाटमा उद्योग स्थापना गरि स्वदेशी उत्पादनलाई प्राथमिकता दिने मात्र होईन भविश्यमा विदेशी फर्निचरको प्रतिस्थापन नै गर्ने लक्ष्य लिईएको संचालक अमर घिमिरेको भनाई छ ।
तपाइँको प्रतिक्रिया