सनराइज स्कुलको आयोजनामा भोलिदेखि विद्यालय स्तरीय कराते हुँदै

भरतपुर – भरतपुरस्थित सनराइज इंंग्लिस स्कुलको आयोजनामा दोस्रो अन्तर विद्यालय सनराइज सितारियो कँँराते प्रतियोगिता हुने भएको छ । स्कुलको आयोजनामा असोज ५ र ६ गते (भोलि र पर्सि) प्रतियोगिता हुन लागेको हो ।
स्कुलकै प्राङ्गणमा हुने प्रतियोगितामा चितवनका निजि तथा सामुदायिक विद्यालयका चार सय ६८ विद्यार्थीहरु सहभागी हुनेछन् । उनीहरुले २१ तौल समूह र महिला र पुरुष एकल काता गरि २४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछन् । स्कुलको आयोजनामा गर वर्ष पहिलो संस्ककरणको प्रतियोगिता भएको थियो ।
तपाइँको प्रतिक्रिया