संबिधान दिवस तथा गणेशमानको स्मृतिमा काँग्रेस महानगरद्धारा दिप प्रज्वलन

एटुजेड समाचार

चितवन – नेपाली काँग्रेस भरतपुर महानगर समितिले नेपाली काँग्रेसका नेता गणेशमान सिंहको २६ औं स्मृति दिवस तथा संबिधान दिवसको अबसरमा भरतपुरको चौबिसकोठीमा दिप प्रज्वलन गरेको छ । मंगलबार साँझ दिपप्रज्वलन गरिएको हो ।

नेपाली काँग्रेस भरतपुर महानगर कमिटिका कार्यबहाक सभापति बुद्धिकान्त न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने नेताहरुले गणेशमानको सिको गर्ने नेताहरुको अभावका कारण संबिधान कार्यान्वयनमा समस्या आएको बताएका थिए ।

अहिलेको संबिधान कार्यान्वयन गर्दै सिंहको मार्गदर्शनमा जान सके काँग्रेस अझै बलियो बन्दै जाने उनीहरुको भनाई थियो । राजनिति निस्वार्थ भावले गर्नुपर्ने भन्दै अहिलेको राजनिति व्यक्ति केन्द्रीत हुँदा समस्या आएको बताए ।

नेपाली काँग्रेस चितवनका सभापति राजेश्वर खनाल प्रमुख अतिथि रहनुभएको कार्यक्रममा नेपाली काँग्रेस चितवनका उपससभापतिहरु शालिग्राम पौडेल, राजिप न्यौपाने, भरतपुर महानगर सचिब कृष्ण वगाले, प्रनिशा गुरुङ् लगाएतको उपस्थिति रहेको थियो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू