मौलाकाली केवलकारको टिकटमा ५० प्रतिशत छूट अफर

एटुजेड समाचार

गैँडाकोट – मौलाकाली केवलकारले आफ्नो टिकटमा ५० प्रतिशत छूटसहित नयाँ अफर ल्याएको छ । यही असोज महिनाभरका लागि यो अफर ल्याएको कम्पनीले जनाएको छ ।

यसअघि गत साउनदेखि सञ्चालित इभिनिङ अफरलाई परिस्कृत गर्दै बुधबार दिनभरका लागि नै टिकटमा ५० प्रतिशत छूट सहित बुधबार अफर ल्याएको केवलकारका स्टेसन मेनेजर सुरज पौडेलले बताए ।

इभिनिङ अफरप्रति आम यात्रुले दर्शाएको सद्भाव र प्रतिक्रिया स्वरूप यो अफर ल्याइएको र यस अफरबाट अझ धेरै यात्रु तथा भक्तजन लाभान्वित हुने विश्वास लिएको पौडेलले बताए । हाल केवलकारको दुईतर्फी साधारण टिकट मूल्य ५५० रुपैयाँ कायम छ । यस अफरअन्तर्गत अब यात्रुहरूले २७५ रुपैयाँमै केवलकारको दुईतर्फी यात्रा गर्न पाउनेछन् ।

यसैबीच गत आइतबारदेखि सुरू भएको केवलकारको नियमित मर्मतसम्भार कार्य पनि सकिएको कम्पनीले जनाएको छ । मर्मतसम्भार सकिएपछि अब असोज १ गतेदेखि केवलकार पूर्ववत समय तालिकाअनुसार नै सञ्चालन हुने पौडेलले जानकारी दिए । जसअनुसार केवलकार हरेक दिन बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ भने शनिबार र बिदाका दिनमा भने बिहान ५ः३० बजेदेखि नै सञ्चालन हुनेछ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु