नौरङ्गे टोल विकास संस्थामा नयाँ नेतृत्व

एटुजेड समाचार

भरतपुर – भरतपुर महानगरपालिका वडा नं–१२ मा रहेको नौरङ्गे टोल विकास संस्थाले अध्यक्ष लक्ष्मीकुमार श्रेष्ठको सभापतित्व र वडा नं–१२ का वडाध्यक्ष लेखराज पन्त (हरि)को प्रमुख आतिथ्यतामा दोस्रो साधारण सभा तथा अधिवेशन सम्पन्न गरेको छ ।

नौरङ्गे टोल विकास सस्थाका पूर्वअध्यक्षहरु, धनगढा एकीकृत विकास समितिका अध्यक्ष भरतसिंह कुँवर, धनगढा खानेपानी उपभोक्ता समूहका अध्यक्ष मदनकृष्ण घिमिरे, भ्रष्टाचारविरुद्धको अभियान सहयोगी समूह भरतपुर–१२ का अध्यक्ष ऋषिराम पौडेल, समाजसेवी चित्रबहादुर भण्डारीसहितको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

सचिव विष्णु पराजुलीले सञ्चालन गरको कार्यक्रममा उपाध्यक्ष पुस्तकराज न्यौपानेले स्वागत मन्तव्य राखेका थिए । सभाले ऋषिराम पौडेलको संयोजकत्वमा भरतसिंह कुँवर र विनोद खतिवडा सदस्य रहेको तीन सदस्यीय निर्वाचन समितिले सहमतिका आधारमा अध्यक्षमा सन्तोष पन्त, उपाध्यक्षमा पुस्तकराज न्यौपाने, सचिवमा संगीता थापा, कोषाध्यक्षमा युवानिधि तिवारी, सहसचिवमा बाबुराम अधिकारी, सदस्यहरूमा शान्ता पराजुली, डिलबहादुर श्रेष्ठ, तुलसीप्रसाद सुवेदी, होमनाथ चापागाईं, कमलबहादुर रसाइली र कालीबहादुर दराई रहेको ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको थियो ।

नवगठित कार्यसमितिलाई निर्वाचन संयोजक ऋषिराम पौडेलल सपथ ग्रहण गराएका थिए भने वडाध्यक्ष हरि पन्तले खादा लगाएर बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू