सिनर्जी एफएमको तीज गीत प्रतियोगिता, गणेश पार्क दिदीबहिनी समूह प्रथम
भरतपुर – हरितालिका तीजको अवसरमा चितवनको पहिलो रेडियो सिनर्जी एफएमको आयोजनामा तीजको लहर २०८० सम्पन्न भएको छ । एफएम परिसरमा सम्पन्न तीजको लहरमा गणेश पार्क दिदीबहिनी समूह भरतपुर–३ प्रथम भएको छ ।
प्रथम हुन सफल समूहले नगद २५ हजार रुपैयाँसहित अन्य उपहार प्राप्त गरेको छ । यस्तै, रामजानकी बालिका आश्रम गुरुकुलम भरतपुर–१ देवघाट दोस्रो भएको छ । दोस्रो भएको रामजानकी बालिका आश्रमले नगद २० हजार रुपैयाँ प्राप्त गरेको छ ।
प्रतियोगितामा आनन्द दिदीबहिनी भजन समूह तेस्रो तथा जनशीतल आमा समूह र जय श्री सामुदायिक वन उपभोक्ता समूहले सान्त्वना स्थान हासिल गरेका छन् । तेस्रो हुने समूहले १५ हजार तथा सान्त्वना हुने दुई समूहले समान पाँच –पाँच हजार रुपैयाँ प्राप्त गरेको कार्यक्रम संयोजक रविन सुवेदीले जानकारी दिए ।
उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गाना, सोफा हब चितवनका सञ्चालक मोहनप्रसाद दनैलगायतले पुरस्कार वितरण गरे । प्रतियोगितामा १५ समूह सहभागी थिए । प्रतियोगितामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका संस्थापक सदस्य तथा पूर्वउपाध्यक्ष मधुराम दुवाडी र सञ्चारिका समूहकी अध्यक्ष अजिता अधिकारी निर्णायकको भूमिकामा थिए ।
वन, वन्यजन्तु तथा पर्यावरणको संरक्षणबारे सचेतना जगाउन आयोजना गरिएको कार्यक्रममा एफएमले वन, वन्यजन्तु तथा पर्यावरण संरक्षणमा योगदान पु¥याउने वनदेवी बरण्डाभार मध्यवर्ती सामुदायिक वनकी वन हेरालु जमुना पौडेललाई सम्मान गरेको छ । एफएमले पौडेललाई नगद पाँच हजारसहित सिनर्जी आइकनबाट सम्मान गरेको हो ।
भरतपुर–८ निवासी पौडेल विगत १३ वर्षदेखि वन हेरालुको रूपमा कार्यरत छन् । प्रतियोगितामा चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति प्रवद्र्धक संस्थाको रूपमा रहेको थियो ।
तपाइँको प्रतिक्रिया