“तीजको साँस्कृतिक महत्त्व र यसको प्रभाव ”

एटुजेड समाचार

अनिता खनाल,

नेपाल, हिमाल पहाँड र तराईको विविधताले भरिएको सुन्दर बगैँचा हो । सभ्यताको मिरमिरे देखीनै निर्माण भएको बिशाल साँस्कृतिक सङ्ग्रालय हो देश नेपाल । ब्रहमाण्डको उद्भाव संगसंगै संस्कार र संस्कृति मौलाएको मुलुक हो नेपाल ।

नेपाल बहुरंगी फुलहरु फुलेको उपवन झै छ । जसरी उपवनमा रंगिविरंगी फुलहरु रहे झै यँहा धेरै साँस्कृतिक पर्वहरु छन् । रंगै रंगको सुन्दर सृष्टि ईन्द्रेणी भएझै नेपालको संस्कृतिलाई रंगाउने पर्व मध्ये एक प्रमुख पर्व भाद्र सुक्ल पक्षको तृतियाको दिन मानाईने तिज अर्थातहरितालिका तिज हो ।

प्राचीन किवंदन्ती अनुसार पर्वतराज हिमालयकी पुत्री पार्वतीले शिवजीलाई पतिका रुपमा प्राप्त गर्न चाहान्थिन्। हिमालय भने साढेमा चढ्ने सर्पका गहना लगाउने बाघको छाला ओड्ने जिउभरि खरानी घसेर हातमा डमरू लिएर बजाउँदै विस भाङ, धतुरो खाएर हिड्ने अर्धनग्न महादेवलाई ज्वाइँ बनाउन चाहदैनथे।

उता भगवान विष्णु पनि पार्वतीलाई पाउने इच्छा गरी नारदलाई लमी बनाएर हिमालय पर्वत तर्फ पठाए । विष्णु भगवान्स्वयम्ले छोरी माग्न पठाएकोमा पार्वतिका पिता हिमालय निकै खुसी भए र पार्वतीको विष्णुसंग विहे गरिदिने भनी कुराकानीको छिनो–फानो पनि भयो। त्यस बेला पार्वती तपस्यामा लीन थिइन्र उनी एउटा लक्ष्य पूरा गर्नका लागि त्यो कठोर तपस्यामा प्रवृत भएकी थिइन्।

नारद त्यही ठाउँमा पुगेर तपस्यारत पार्वतीलाई विष्णुसँग तिनको बिहेको कुरो छिनिएको बताउँदा पार्वती शोकविह्वल भइन्। पार्वती को विहवलता देखेर उनकी एउटी सखीले त्यस दुःख र शोकको कारण सोधिन्। पार्वतीले भनिन्“मेरो मनले शिवलाई रोजेको छ तर मलाई भगवान्विष्णुसंग बिहे गरिदिने रे, त्यसो भयो भने म यो धर्तीमा बाँच्न चाहन्नँ” पार्वतीको यस्तो कुरा सुनेर उनकी सखीले पार्वतीलाई बचाउन अपहरण गरेर अज्ञात ठाउँमा लगिन ।

पार्वती अज्ञात ठाउँमा सङ्कल्पपूर्ण ढङ्गले शिवको आराधनामा लागिन अनि त्यसै बेला शिवलिङ्गको पूजा भइरहेकै बखत शिवजी प्रकट हुनुभयो । पार्वतीको तपस्या बाट खुसी भएका महादेवले पार्वतीसँग वरदान माग भनि भन्नुभयो अनि पार्वतीले सबै कुरा सुनाइन्। पार्वती शिवजीका साथमा हिमालय पर्वतमा पुगिन अनि पर्वतका राजा हिमालयले पार्वतीको शिवजीसँग विवाह गरी उनको इच्छा पूरा गरिदिए ।

यसरी पर्वतराज हिमालयकी पुत्री पार्वतीको इच्छानुसार आलिका नाम गरेकी सखीले पार्वतीलाई भगाएर लुकाउन लगेकीले नैहरत्+ अलिक = हरितालिका अर्थात आलिकाले हरण गरेकोभन्ने अर्थमा हरितालिका व्रतको नाम रहन गएको हो भन्ने भनाइ छ । यही पर्वलाई नै हरितालिका तीज पर्व भनिन्छ तीज हरेक वर्ष भाद्रशुक्ल तृतीयाको दिन मानिने कर्मचलेका विवाहित महिलाहरूको व्रतोत्सव हो।

आफ्ना पतिको सु स्वास्थ्य एवम्दिर्घायु लाईनै आफ्नो सौभाग्य र संमृद्धि सम्झी उपवास बसी शिवपार्वतीको पुजा आरधना गर्दछन्। तीजको समयमा जतिसुकै पुरानो, टाढाका माईती भएपनि महिलाहरूमाइत जान हुरुक्कै हुन्छन्। उनीहरू माइतीविनाको तीज रमाइलो र महत्त्व मान्दैनन्। आफ्नो दुःख पिर, व्यथा र वेदनालाई गित संगितका माध्यमबाट प्रस्तुत गर्दै नाच गान गरी मानाईने यस पर्वको बिशिष्टमहत्व रहेको छ । तिज पर्व भाद्र शुक्ल द्धितिया देखी सुरुभई पञ्चमी सम्म मनाईन्छ ।

तिजको पहिलोदिन दिृतियामा दर खाने चलन छ । दर को अर्थ आड हो, तीजको दिनभर गाउँदा, नाच्दा पेटमा दरिलोखाद्यान्नको आड रहोस्भनी खाइएनेविशेष अडिलो भोजन नै दर हो। यस दिन माईति पक्षलेविभिन्न मिष्ठान्न परिकार बनाएर चेलिबेटि हरुलाई खुवाउने चलन रहदै आएको छ ।

तिजको भोलि अथवापर्सि पल्ट पर्ने पञ्चमी तिथी लाई ऋषिपञ्चमी भनिन्छ । ऋषिपञ्चमीको दिन महिलाहरु बिहान सबेरैउठेर नदी वा खोला किनारमा गएर वर्षदिन भरीको सट्टा ३६५ वटा दतिवनले दाँत माझ्ने तथा स्नान गर्ने गर्छन्। त्यस पछि पञ्चमी पुजामा सरिफ हुने गर्छन्र सप्तऋषिको पुजा आजा गर्छन्।

महिनावारी भएको समयमा कुनै कमि कम्जोरी भएमा पञ्चमी पुजा गर्नाले यसबाट मुक्त पाइन्छ भन्ने जनबिश्वास समेत रहेको पाईन्छ । माइतीको कुकुर पनि प्यारो झै विवाहिता महिलालाई माईतघर विशेष प्रिय गौरवमय हुन्छ । घरमा वर्ष दिनसम्म भोगेका दुःख–कष्ट, अनुभव सबै कुरा बताउन ऊ वर्ष दिनको तीज कुरेर बसेकी हुन्छीन । आफ्नो जन्मघर, हुर्के खेलेको ठाउँ, सँगी साथी सबैसँग भेटघाटको रमणीय वातावरणमा ऊ रमाउन चाहन्छीन्। तीजकै मौका पारेर निरक्षर, अशिक्षित दिदीबहिनीहरूले सुन्दर र रमाइला गीत हरु रचना गर्ने अनि सुनाउने परमपरा देखिन्छ । तीज गीतलाई कतैकतै भदौरे गीत पनि भनिन्छ ।

पश्चिमतिर देउडा भन्ने चलन छ भने पूर्वतिर संगिनी नामले चिनिन्छ । हाम्रा गीतहरूमा विशेष गरी लोक गीतहरुमा आमा, कान्छो भाई आदिप्रति चेलीवेटीहरूको विशेष माया र सहानुभूति खनिएको हुन्छ । अर्कोतिर भाउजू नन्द, अमाजू त्यसमा पनि लोग्नेले छोडेर वा मृत्यु पश्चात माइत बसेकी अमाजू, सासू, बज्यैप्रति असहिष्णुताको भावना पोखिएको हुन्छ । नेपाली नारिवर्गबीच तीज पर्वको आफ्नै महत्वपूर्ण स्थान रहेको पाइन्छ ।

एकातिर निराहार व्रत बसेर शिव–पार्वतीको सम्झना गर्नु र अर्कोतिर आफ्ना मनमा जमेका कथा व्यथा, सामाजिक चित्रण, भेदभाव, अन्ध विश्वास, रुढिवाद, घटना, संस्कृति, विकृति, सामाजिक सुधारका विचारहरु पनि तीज गीतमार्फत प्रकट गर्ने अवसरका रूपमा पनि तीज पर्व मानिदै आइएको छ ।तीजे गीतहरूमा विशेष गरेर परिवार, छिमेक समाजमा भए गरेका राम्रा–नराम्रा पक्षको कलात्मक प्रस्तुति देखिन्छ भने ३० को दशकपछि प्रगतिवादी ÷ प्रजातान्त्रिक हकअधिकारका भावनाहरू पनि गुन्जिएको पाइन्छ ।

क्रमिक रूपमा आजसम्म आइपुग्दा तीज पर्वमा गाइने गीतहरू सामाजिक परिवर्तन, विकास निर्माण सुधार आदिमा आधारित भएर पनि गुन्जिदै छन्। तीज क्रमिक रुपमा भड्किलो पनि बन्दै गएको छ । २०३६, २०४६, २०५०–०६० सम्म परिवर्तनका स्वर मिसिएर पनि तीजे गीत गाइन थालिए ।

यहाँ सम्म आई पुग्दा तीज गीत निकै भाड्किलो र विकृति बोकेर समेत प्रस्तुत भएको पाईन्छ । तीज गीतमा कता कता रत्यौलीका भाका समावेश गरेर प्रस्तुत भएका छन् जसले तीजकै महिमा घटाउँदै गएको महसुस गर्न सकिन्छ । यसबारे सबै सचेत बन्न जरूरी रत्यैली र तीज गीत भनेका एकदम फरक भाव शैली मर्म बोकेका संस्कृति हुन्छन्।ती दुबैलाई अलगअलग ठाउँबाट गाउनु र प्रस्तुत गर्नु पर्दछ । यसबारेविशेष गरी नारीवर्ग नैसचेत बन्न जरुरी छ

केही पुराना गीतहरू  :

तीजमा माइत जान नपाएकी चेलीले यति दुखेसो पोख्छिन :

पत्नी→ पृथ्वीको पल्लाछ्यौमा हाम्रा बाबा छन्अरे !
मत जान्छु स्वामी राजे, बाबा भेटन ।

पति → तिम्रा बाबा निठुरेको तिम्लाई माया रैनछ
नजाउ नजाउ गिर्हेलक्ष्मी बाबा भेटन ।

पत्नी→ बाले माया नगरे नि मेरो माया हुँदैछ
म त जान्छु स्वामीराजे बाबा भेटना

पति→ बत्तीसैर दन्तले जाउ त कसै भन्दिन
लौ कसरी जाने रैछ्यौ बाबा भेटन

पत्नी→ त्यही तल चौतारीमा गई बस भैया
स्वामीज्यूको मन बुझाई आम्ला बरिलै

पति → छिपछिपे पानीले शिरको टोपी भिज्दैन
नारी तिम्ले बुझाएर यो मन बुझ्दैन

पत्नी → शिरमा लाम्ने शिरफुला लाम्न मैले झिकेथे
स्वामीज्यूको आज्ञा नपाइ किन पैरहन्थे ।

पति→ कौन बेला आउली, कौन बेला जाउली ?
कौन बेला गरौली देउतीको ध्यान ।

पत्नी→ उदाएमा म आम्ला अस्ताएमा म जाम्ला
मध्यानीमा गरौँला देउतीको ध्यान ।

पति→ तीजको खाजा खाएर फर्को हाले पियारी
बस्नुपर्छ तिम्ले घर आफै सियारी

राम्रो लगाउने र मिठो खाने रहर सबैलाई हुन्छ यहाँ चेलीको वेदना यसरी प्रस्फुटन हुन्छ । 

भम र झम तीजे आयो भन्छन–कमाइद्यौराजैशिरफूला
तिमी त नारी कालीम छौ नि – सुहाउंदैन शिरफूला
वेदका अक्षर कालाम हुन्छन–नहेर राजे पोस्तक
त्यतिका वचन जनि नलाउ नारी–दुसरी बिहा धनिकांला !
दोसरी बिहा धनिकाए पनि हामी जस्ती चेली पावैनौ !
हामीजस्ता चेली ल्याएता पनि खाने त राजैकरिमैले हो ।

छोरीलाई सानैमा विवाह गरेर दिदा दुःख मानेर यसरी वेदना पोख्थीनः

उडि आयो हेलिकेप्टर टिकट काटौं रचना
सुनिदिनोस्दाजुभाइ मेरो सूचना
→ दश मैना कोखमा लिई पैदा गरिन आमाले
कैले छोरी ठुली होली भने बाबाले
→ हुई जना आएर बाबासँग बोलेका
हाम्रा बाबा पापीले छोरी मोलेका
→ दाइने हात भाँचेर दिनु भयो बाबाले
छोरी भन्न पर्दैन यस्ता जाबाले ।

दाइले अंश लिने तर आफूले पढ्न पनि नपाएको गुनासो यसरी गर्थिनः

→ हामरा संगीसाथे हिड्छन्झोला बोकेर
दाजुभाइले अंश लिए किला ढोकर
→ बावाज्यूको सम्पत्ति भाउजूका हातमा
घर जांदा खाजा पनि छैन बाटामा

जमाना फेरिए, अब बुहारी पनि पढ्न जान पाउन पर्छ भन्द यसरी प्रस्तुत हुन्थिन बुहारीः

ट्याक्सी र साइकलको चल्तो आयो बज्यै हिंडेर माइत गइँदैन
बुलौज र सारीको चलती आयो बज्यै गुनियो घलेक लाइँदैन !
स्टिल्का थाल्को चलती आयो बज्चै सिलौटे थालमा खाइँदैन
पढ्ने र लेख्ने चलती आयो बज्यै काम गर्न मेला गइँदैन ।

विशेष गरेर २०३५÷०३६ को विद्यार्थी आन्दोलन पश्चात पञ्चायती व्यवस्थाको विरोधर अन्त्यको माग गर्दै व्यवस्था विरोधी गीतहरू गुन्जिन थाले। प्रजातन्त्रवादी प्रगतिवादी विचारका स्वरहरू घन्किन थाले । अन्याय, अत्याचार, शोषण र दमनका विरुद्ध गीत गाइन थाले वि. सं. २०४६ साल र त्यसपछि आएको राजनीतिक परिवर्तन, हरेक क्षेत्रलाई जोडेर गाइएका सुधारका गीतहरूले समाज जागरणका स्वर धन्काउन थाले। राजनीति मा लोकतन्त्र, जनतन्त्र, गणतन्त्र आदि शब्द जोडेर समेत गीत प्रस्तुत हुन थाले । तीजे गीतमा क्रमशः विकृति विसङ्गति पनि भित्रिन थाल्यो ।
उच्छृंङखल, उत्ताउला एवं रत्यैलीका भाका समावेश गरेर त्यस्तै प्रकारमा गीत गाउन थालियो । जसले तीज गीतकै मर्मलाई समेत असर गरेको देखिन्छ । आधुनिकताको छनक यसरी प्रस्तुत हुन्छ ।

सुने सुनुन भोलिदेखी म नि बजार हिड्ने हो
ठाईकट काटी टिसर्ट पाइन्ट चस्मा लाउने हो ।
लेख पढ भन्दा खेरी उबेलामा भन्यौनै
ठुटे ईङ्लिस बोल्ने सितै पल्के भेना बाइ ।

केही वर्षदेखि मौखिक अभिव्यक्ति भन्दापनि क्यासेट बजाएर घरघर, चोकचोक, पार्टी प्यालेस, होटल, विभिन्न ठाउँमा जम्मा भएर गीत गाउने र नाच्ने क्रम बढ्दो छ । पुराना पुराना भाखा, दुख–कष्ट कथा– व्यथा, वेदना, घृणा, अपमान, घटना आजकलका गीतमा सुन्न पाईदैन । अचल अश्लील भावबोकेका तीज गीतले तीजपर्वकैअपमान र गरिमा गिराउंदै गएको छ ।

कुनै बेला परम्परा, धर्म, संस्कृति, चालचलन, विकास, निर्माण, हत्या, हिंसा रीतिरिवाज आदिलाई विषय बनाएर प्रेरणादायी गीत गाउने चलनलाई आजभोलि भड्किलो पहिरन, खानपिन र उच्छृङ्खलतामा परिवर्तन गर्दै तीजकै मूल्य र मान्यता प्रति आघात गरिदैछ । अन्त्यमा, तिजको साँस्कृतिक, धार्मिक मुल्य र मान्यतालाई जोगाइ राख्ने हो भने आधुनिक तिजलाई सच्चाउन जरुरी छ। जुन कुरा हामी महिलाहरुबाटनै सम्भव पनि छ भन्दै सम्पुर्णमा हरीतालिका तिजको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु