ग्रेस इन्टरनेशनल एजुकेसनको शैक्षिक मेला सम्पन्न

एटुजेड समाचार

चितवन – ग्रेस इन्टरनेशनल एजुकेसनको शैक्षिक मेला सम्पन्न भएको छ । आज (शुक्रबार ) नारायणगढ, शहिद चोक स्थित आफ्नै कार्यालयमा सन्चालन भएको शैक्षिक मेला सम्पन्न भएको हो ।

ग्रेस इन्टरनेशनल एजुकेशनको शैक्षिक मेलाले विद्यार्थीहरु अध्ययनका लागि विदेश जाने र नेपालमा अवसरको कमीका कारण विदेशमै पलायन हुने प्रवृती बढीरहेको अवस्थामा विदेश अध्ययन पछी नेपालमा अवसरको सम्भावना, भविष्यको योजना बनाउने तरिका लगायतका विषयमा जानकारी लिएका छन् ।

No description available.

विधार्थीहरुले कलेज, युनिभर्सिटी प्रतिनिधिसँग आफुले अध्ययन गर्न चाहेको विषयका बारेमा प्रत्यक्ष रुपमा परामर्श लिएको इन्टरनेशनल चितवनका निर्देशक गणेश लामिछानेले बताए , मेलामा करिब ८ सय विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

उक्त परामर्श कार्यक्रमले विधार्थीहरुलाई आफुले चाहेको विषय छनौटका लागि सहज हुने उनको विश्वास छ । उक्त मेलामा भएका सम्पूर्ण विधार्थीहरुले आईएलटिएस र पिटिईमा विशेष छुट पाउनेछन् ।

No description available.

 

यस्तै मेलामा आकर्षक उपहारहरुको पनि व्यवस्था गरिएको थियो । शैक्षिक मेलाको चितवन कार्यक्रममा अष्ट्रेलिया, क्यानडा, यु के, न्यु-जिल्याण्ड, अमेरिका र साउथ कोरियाका विभिन्न कलेज तथा युनिभर्सिटी का २५ भन्दा बढी प्रतिनिधिहरुबाट प्रत्यक्ष रुपमा विधार्थी तथा अभिभावकलाई परामर्श लिएको लामिछानेले जानकारी दिए ।

१७ वर्ष देखि परामर्श दिँदै आएको ग्रेस इन्टरनेशनलले विधार्थीहरुको आवश्यकता अनुसार अष्ट्रेलिया, अमेरिका, युके र क्यानाडा शैक्षिक मेलाको आयोजना गर्दै आइरहेको छ |

No description available.

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू