बाल दिवसको अवसरमा लायन्स क्लब अफ नारायणी चौतारीद्वारा शैक्षिक सामाग्री वितरण

चितवन – लायन्स क्लब अफ नारायणी चौतारीले शैक्षिक सामाग्री वितरण गरेको छ । क्लबले लायन्स भिलेज कावासोती ११ लौगाइ, नवलपुर स्थित नेपाल राष्ट्रिय आधारभुत बिद्यालयमा अध्ययनरत कक्षा ८ सम्मका १७५ विद्यार्थीहरुलाइ शैक्षिक सामाग्री वितरण गरेको हो ।
क्लबको पुर्व घोषित कार्यक्रम अन्तरगत बाल दिवसको अवसर पारेर उक्त कार्यक्रम गरेको क्लबका कोषाध्यक्ष बिश्वनाथ पौडेलले जानकारी दिए ।
क्लबका अध्यक्ष चेत बहादुर बिक ( राजु ) को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा लायन्स ३२५ R का इमिडेट पाष्ट डिष्ट्रीक गभर्नर सिध्दार्थलाल चुके प्रमुख अतिथी रहेका थिए ।
बिशिस्ट अतिथी पाष्ट डिष्ट्रीक गभर्नर राज कुमार श्रेष्ठ र कावासोती नगरपालिका ११ का वडा अध्यक्ष शारदा प्रसाद अधिकारी रहेका थिए । कार्यक्रम क्लबका सचिव रेशमलाल फुयालको संयोजकत्वमा सम्पन्न भएको थियो भने स्थानिय निकायका प्रतिनिधि एवं क्लबका पदाधिकारी एवम् सदस्यहरुको समेत उपस्थिति रहेको थियो ।
तपाइँको प्रतिक्रिया