चितवन – नेपाल प्रेस युनियन चितवनले चितवनमा क्रियाशिल महिला पत्रकारहरु संग तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ । आज (शुक्रबार) बसेनी स्थित युनियनको आफ्नै भवनमा कार्यक्रम सम्पन्न भएको हो ।
नेपाल प्रेस युनियन चितनकी उपाध्यक्ष सिन्धु ढकालको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रम नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सिर्जना अर्यालले तिजको पुरानो भाकामा गित गाएर उद्घाटन गरेकी थिईन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिर्जना अर्यालले तिजको शुभकामना व्यक्त गदै तिज महिलाहरुको ठुलो पर्व भएकाले आफूले प्राप्त हक र अधिकारलाई सुनिश्चित गर्दै आफ्नो कर्तव्यलाई भुल्न नहुने धारणा राखिन् ।
पछिल्लो समय तिज गित भन्दै सस्तो लोकप्रियता कमाउन बजारमा आएका उत्ताउला गितले तिजलाई भड्कीलो बनाउदै लगेको भन्दै त्यसको बिरुद्धमा महिला पत्रकारलाई खबरदारीका साथ कलम चलाउन आग्रह गरिन् ।
कार्यक्रममा प्रेस चौतारी नेपालकी केन्द्रीय सदस्य प्रतिमा सलिवाल, प्रेस युनियन नेपालका पूर्व केन्द्रिय सदस्य बसन्त पराजुली, पत्रकार महासंघकी जिल्ला उपाध्यक्ष प्रमिता ढकाल,प्रेस चौतारी नेपालकी जिल्ला उपाध्यक्ष शान्ता अधिकारी लगायतले मन्त्वय राखेका थिए । सो कार्यक्रममा चितवनमा क्रियाशिल महिला पत्रकारहरुको उपस्थिती रहेको थियो । प्रेस युनियन चितनका अध्यक्ष अनिल ढकालले कार्यक्रममा उपस्थित सम्पूर्ण महिला पत्रकारलाई स्वागत गरेका थिए ।