बाल दिवसका दिन युथ क्लब नारायगढद्वारा विद्यालयमा प्रशिक्षण कार्यक्रम
चितवन – ५९ औ राष्ट्रिय बाल दिवसको अवसरमा युथ क्लब नारायणगढले बालअधिकार सम्वन्धी प्रशिक्षण कार्यक्रम गरेको छ । भरतपुर महानगरपालिका वडा नंं १ मा रहेको रामनगर माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो । बालअधिकार भनेको कस्तो हो, बालबालिकाले अपनाउनु पर्ने सुरक्षा, राज्यले दिएको कानुनी व्यवस्था, नेपालमा बाल दिवसको इतिहास लगायतको विषयमा प्रशिक्षण गराइएको थियो ।
क्लबका अध्यक्ष शालिग्राम नेपालको सभापतित्वमा भएको कार्यक्रममा उपाध्यक्ष तथा बालअधिकार सम्वन्धी विज्ञ दयाराम कडेलले प्रशिक्षण दिनु भएको थियो । महासचिव रामचन्द्र आचार्यले सञ्चालन गर्नु भएको कार्यक्रममा विद्यालयका सवै विद्यार्थी सहभागी भएका थिए ।
बाल अधिकार र सुरक्षा सम्वन्धी जानकारी नपाउदा बालबालिका जोमिखमा पर्ने गरेको महासचिव तथा बालबालिका क्षेत्रमा काम गर्दै आउनु भएका रामचन्द्र आचार्यले बताउनुभयो । कार्यक्रममा विद्यालयले प्रधानाध्यापक तथा शिक्षकले आफ्नो मन्तव्य राख्नु भएको थियो । विद्यालयले बालबालिकालाई हाजिरी जवाफ कार्यक्रम समेत आयोजना गरेको थियो । क्लबले बालअधिकार तथा अन्य सामाजिक क्षेत्रमा काम गर्दै आएको छ ।
तपाइँको प्रतिक्रिया