गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

एटुजेड समाचार

बेदकोट शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

निकुञ्जअन्तर्गत पर्ने बेलडाँडी गाउँपालिकाको कालिकिचताल क्षेत्रमा बेलडाँडी–२ गुन्डी टोलकी ४२ वर्षीया बेलमती बुढाको आज बिहान गैँडाको आक्रमणबाट मृत्यु भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत मनोज ऐरले जानकारी दिए ।  

‘बिहान ८ बजेतिर च्याउ टिप्न निकुञ्जभित्र प्रवेश गर्नुभएको रहेछ’, उनले भने, ‘गैँडाको आक्रमण परेर महिलाको घटनास्थलमै मृत्यु भएको जानकारी आएको छ ।’ ऐरका अनुसार निकुञ्जको टोली अहिले घटनास्थलमा पुगेको छ । मृतक बुढासँगै अन्य दुई महिला पनि आज बिहान च्याउ टिप्न निकुञ्ज प्रवेश गरेका थिए । उनका अनुसार दुई जनाले भने रुख चढेर ज्यान जोगाएका छन् । 

आज बिहान गस्तीका क्रममा नेपाली सेनाले महिलाको शव फेला पारेको थियो । सेनाले सँगै च्याउ टिप्न गएका दुई जनालाई रुखमा उक्लिएको अवस्थामा फेला पारेको थियो । दुई गैँडाले बुढालाई आक्रमण गरेको ती महिलाले बताएका छन् । रासस

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु