१९ औँ एसियाली खेलकुदका लागि प्रशिक्षणमा नेपाली टोली
काठमाडौँ – १९ औँ एसियाली खेलकुदका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले प्रशिक्षणमा जुटेको छ ।
आजदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपाली राष्ट्रिय टोलीका सदस्यले प्रशिक्षण थालेको नेपाल क्रिकेट सङ्घ क्यानले जनाएको छ ।
यही सेप्टेम्बर २३ तारिखदेखि चीनमा हुने १९ औँ एसियाली खेलकुदमा नेपालले समूह चरणमा मङ्गोलिया र माल्दिभ्ससँग खेल्ने भएको छ ।
नेपालले सेप्टेम्बर २७ मा मङ्गोलियासँग र अक्टोबर १ मा माल्दिभ्ससँग खेल्नेछ ।
तपाइँको प्रतिक्रिया