कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक दुई दिन पछि सर्‍यो

एटुजेड समाचार

काठमाडौं –  नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक दुई दिन पछि सारिएको छ। असोज २ गतेका लागि बोलाइएको बैठक ४ गतेका लागि सारिएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

नेकपा एमाले नेता सुवासचन्द्र नेम्वाङको असमायिक निधन भएपछि कांग्रेसले वीपी साहित्य महोत्सवको अन्तिम दिनको कार्यक्रम स्थगित गरेको थियो। सोही कारण केन्द्रीय कार्यसमितिको बैठक पनि सारिएको कांग्रेस नेताहरूले बताएका छन्।

मुख्य सचिव पौडेलेका अनुसार बैठक असोज ४ गते दिउँसो १ बजे बस्नेछ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु