काठमाडौं – संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको अन्त्येष्टि बिहीबार पशुपति आर्यघाटमा गरिने भएको छ ।एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टले मंगलबार एक विज्ञप्तिमार्फत नेम्वाङको अन्त्येष्टि बिहीबार बिहान ११ बजे गरिने जानकारी दिएका हुन् ।
उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने तय भएको छ । उनको निधनको शोकमा सरकारले बिहीबार सार्वजनिक बिदासमेत दिएको छ । बिहीबार सरकारी कार्यालयमा नेपालको राष्ट्रिय झन्डा आधा झुकाइने छ ।नेम्वाङको आज बिहान ७१ वर्षको उमेरमा निधन भएको थियो ।


