तारा एयरको ‘पोखरा–जोमसोम’ उडान फेरि नियमित

काठमाडौं – तारा एयरले पोखरा–जोमसोमको उडान सोमबारदेखि फेरि नियमित गर्ने भएको छ । प्रतिकूल मौसमका कारण बन्द भएको उडान फेरि नियमित गर्न लागिएको हो ।मौसम अनुकूल भएको र पर्यटक सिजन पनि सुरु भएसँगै उडान नियमित गर्न लागिएको कम्पनीले जनाएको छ ।
तारा एयरले जोमसोमको नियमित उडानका लागि एउटा विमान पोखरामै रात्रिकालीन पार्किङ गर्ने छ । हाल दैनिक पाँचवटा उडान गर्ने गरी उडान तालिका राखिएको प्रवक्ता सदुर्शन बर्तौलाले जानकारी दिए ।उनकाअनुसार मागअनुसार उडान थप गरिने छ । तारा एयरले पोखरा–जोमसोम उडान पोखराको पुरानो विमानस्थलबाट गर्ने छ ।मुस्ताङमा अवस्थित जोमसोम विमानस्थल समुन्द्री सतहबाट दुईहजार ७३६ मिटर उचाइँमा रहेको छ ।
तपाइँको प्रतिक्रिया