चितवन ग्रीन लायन्स र लियो क्लबको आयोजनामा ह्याप्पिनेस कार्यक्रम सप्पन्न

चितवन – चितवन ग्रीन लायन्स र लियो क्लबको आयोजनामा ह्याप्पिनेस कार्यक्रम सप्पन्न भएको छ । कार्यक्रम २०८० भाद्र १८ गते सोमबारदेखि शुरु भइ भाद्र २३ गते शनिबार आज सम्म ६ दिन चलेको हो । ह्याप्पिनेस कार्यक्रम गुरु श्री श्री रबि शंकर द्वारा प्रतिपादित द आर्ट अफ लिभिङ ( जीवन जिउने कला ) भित्रको एउटा कार्यक्रम हो ।
कार्यक्रममा प्रशिक्षक भोज बहादुर खड्का र मनोज श्रेष्ठले प्रशिक्षण दिएका थिए, कार्यक्रमको अन्त्यमा सत्सङ्ग संयोजक बिकास मरहट्टाको टिमले सतसङ्ग ( भजन कृतन ) गरि कार्यक्रम समापन भएको थियो । चितवन ग्रीन लायन्स क्लबका अध्यक्ष सन्तोस खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन शत्रको प्रमुख अतिथि लायन्स 325 R डिष्ट्रीक गभर्नर आर एस महतो र बिशिस्ट अतिथि पास्ट डिष्ट्रीक गभर्नर सिद्धार्थ लाल चुके रहेका थिए भने समापन सत्रका प्रमुख अतिथी डिष्टृक एक्जुकेटिभ को चिफ बाल गोपाल चुके र बिशिस्ट अतिथी जोन चियर पर्सन्स निरु कार्की रहेकी थिइन । भ्याली स्टेट कलेज भरतपुरको हलमा सप्पन्न कार्यक्रममा प्रमुख अतिथी बिशिस्ट अतिथी लगायत इक्यान चितवनका प्रतिनिधि शिशिर रेग्मी, भ्याली स्टेट कलेजका प्रीन्सिपल बाबुराम खनाल, प्रशिक्षक भोजबहादुर खड्काले मन्तब्य राखेका थिए ।
तपाइँको प्रतिक्रिया