शिक्षासेवी देवीरमणको शर्माको सम्झनामा स्मृतिग्रन्थ लोकापर्ण

एटुजेड समाचार

पोखरा – शिक्षासेवी स्व. देवीरमण शर्माको स्मरणमा प्रकाशित देविरमण शर्मा शास्त्री स्मृतिग्रन्थको बिहिबार एक कार्यक्रम बीच लोकापर्ण गरिएको छ । देवीरमण कृष्णकुमारी स्मृति प्रतिष्ठान कास्कीले आज (बिहिबार) एक कार्यक्रमको आयोजना गरी स्व.देवीरमणको १०८ औ जन्म जयन्तीको अवसरमा उक्त स्मृतिग्रन्थ लोकपर्ण गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि संस्कृतिविद् प्रा.डा. जगमान गुरुङले उक्त स्मृति ग्रन्थको विमोचन गरे। कार्यक्रममा बोल्दै संस्कृतविद् प्रा.डा. गुरुङले शैक्षिक क्षेत्रमा एउटा उदाहरणिय पात्रको रुपमा देवीरमण गुरुलाई चिनेको बताए ।

‘म १४ वर्षको हुँदा गाउबाट पोखरा पढ्न आएको थिए त्यतिबेला दुब्लो पातलो पाइजामा र कपडाको जुत्ता लगाएको अवस्थामा देविरवण गुरुसँग भेट भएको थियो’ आफूलाई पढाएको त्यो समयको स्मरण गर्दै उनले भने, ‘ज्यादै परिश्रमी र कडा मिजासको हुनुहुन्थ्यो । विद्यार्थीलाई प्रेरणा दिनुहुन्थ्यो त्यो बेला गुरुले पढाएका विद्यार्थी अब्बल सावित भएका छन् ।’

शिक्षाविद् जोर्ज जोनले नेपाली र अग्रेजी दुवैमा दख्खल भएकै कारण पृथ्वीनारयण क्याम्पसमा तीन वर्ष प्राध्यापन गरेको सुनाए ।

समिक्षक सहप्रध्यापक डा. यमनाथ तिमिल्सिनाले असल, सफल, सालिन, भद्र र शिक्षकहरुको पनि अभिभावकको रुपमा देवीरमण शर्मा रहेको उल्लेख गरे ।

साहित्यकार तारा पाखेले पोखरामा शिक्षाको विकासमा स्व.देवीरमण सरको महत्वपूर्ण योगदान रेहेको बताए । सुवदी कल्याण प्रतिष्ठान नेपालका कुलाधिपति देविप्रसाद सुवेदीले शिक्षाको उज्यालो छर्ने काम गर्नु भएको बताए । राजनितिज्ञ विश्व सिग्देलले गुरुकै विश्वास, सहास र आत्मावलले नै आफु यो स्थानमा उभिन सफल भएको बताए ।

पूर्व खेलाडी खड्ग बहादुर रानाभाटले राष्ट्रियता, शिक्षा, लगनशिलता र स्वाभलम्वीको पाठ गुरु बाट सिक्ने अवसर मिलेको बताए । देवीरमण कुष्णकुमारी स्मृति प्रतिष्ठान कास्कीका सचिव पशुपति सुवेदीले शैक्षिक क्षेत्रको विकास गर्ने उद्देश्यले उहाँहरुको नाममा प्रतिष्ठान स्थापना गरेको बताए ।

स्मृतिग्रन्थमा देवीरमणको सङ्क्षिप्त जीवनी, शिक्षामा योगदान मानसपटलका स्मृतिहरु, प्रशिक्षण दक्षताको कदर, देवीरमण र कृष्णकुमारीलाई लेखिएका प्रतिनिधि केहि पत्रहरु, देवीरमणका हस्तलिखित पानाहरु, स्मरणमा तस्बीरहरु, देवीरमणद्धारा सङ्गृहित केही पुस्तकहरुका वारेमा समावेश गरिएको छ ।

वि.स. २०७३ असार १ गते जन्मीएका देवीरमणको २०३१ फागुन १ गने निधन भएको थियो । उनैका कान्छा छोरा डा. अनिल सुवेदीलाई वुवाको सम्झनामा यो स्मृतिग्रन्थ प्रकाशन गरेका हुन्। त्यसअवसरमा देवीरमणको सम्झनामा बनाइएको वृत्तचीत्र पनि प्रदर्शन गरिएको थियो ।

देविरमण कृष्णकुमार स्मृति प्रतिष्ठान कास्कीका अध्यक्ष डा. अनिल सुवेदीको अध्यक्षमा भएको कार्यक्रममा उपाध्यक्ष अखिल सुवेदीले स्वागत र मनिष सापकोटाले कार्यक्रम सञ्चालन गरेका थिए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू