चितवन राष्ट्रिय निकुञ्जभित्र सडक निर्माणका लागि डि.पि.आर. र ई.आई.ए.को प्रक्रिया शुरु

एटुजेड समाचार

चितवन –  चितवन राष्ट्रिय निकुञ्जभित्र सडक निर्माणका लागि डि.पि.आर. र ई.आई.ए.को प्रक्रिया अन्तरगत ट्रयापिङ क्यामरा जडान भएको छ ।विस्तृत परियोजना प्रतिवेदन र वातावरणीय अध्ययन प्रतिवेदन अन्तरगत फ्लाईओभर र अन्डरपासका लागि जनावरको ओहोरदोहोरको तथ्याङ्क संकलन गर्ने उद्देश्यले क्यामेरा जडान भएको हो ।

बिहीबार बागमती प्रदेशसभा सदस्य ठाकुरप्रसाद ढकाल र निकुञ्जका सहायक संरक्षण अधिकृत महेश न्यौपानेले संयुक्त रूपमा प्राविधिकहरूलाई क्यामरा हस्तान्तरण गरि क्यामरा राख्ने काम सुरूवात भएको थियो ।ध्रुबघाटदेखि बनकट्टा पोष्टसम्म १० वटा क्यामरा जडान भएको तथा क्यामेराले १५ देखि २१ दिनसम्म कैद गरेको जनावरको संख्यालाई आधारमानी डि.पि.आर.मा आवश्यक फ्लाईओभर र अन्डरपासको लागि सिफारिस गरिने जनाइएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू